शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नर्भिकमा प्रत्येक शनिबार यूरोलोजी टीमको नि:शुल्क ओपीडी

दैनिक नेपाल २०७९ मंसिर ९ गते २०:५५

काठमाडौं, ९ मंसिर । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत भोलि शनिबार नि:शुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।

नर्भिकले शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म दुई विशेषज्ञ चिकित्सकद्वारा नि:शुल्क ओपीडी सेवा सञ्चालन गर्ने जानकारी दिएको छ । शनिबारको नि:शुल्क ओपीडी सेवालाई नर्भिकले पछिल्लो समय पनि निरन्तरता दिएको बताएको छ ।

नर्भिकले विगत लामो समयदेखि यूरोलोजी टिमकै विशेष नि:शुल्क ओपीडी अभियान सञ्चालन गरिरहेको छ । सर्वसाधारणबाट माग आएपछि प्रत्येक शनिबारको अभियान जारी राखिएको अस्पतालले जनाएको छ । आउने शनिबार यूरोलोजी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टीमले प्रोस्टेट ग्रन्थीसम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी नि:शुल्क ओपीडी तथा परामर्श सेवा सञ्चालन गर्नेछ ।

मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टीमले गर्नेछ । मिर्गौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपीडीबाट लाभ लिन सक्नेछन् । नि:शुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

नर्भिकमा हाल सानो प्वाल बनाई मृगौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मिर्गौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधि समेत उपलब्ध छ । यस्तै, दूरविनको माध्यमबाट घाउ बनाईकन प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्यूमरको समेत नर्भिकमा उपचार हुने गरेको छ ।

नि:शुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध रहेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित