शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना, ११ जना घाइते

दैनिक नेपाल २०७९ मंसिर ९ गते १७:१७

काठमाडौं, ९ मंसिर । दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस सिन्धुपाल्चोकमा दुर्घटना भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

बा ३ ख १७९५ नम्बरको बस लामोसाँघु मुडे सडकखण्डको लिसंखुपाखर गाउँपालिका वडा-५ स्थित उन्नाइस किलोमा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । बसको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

घाइतेहरुलाई खाडीचौरको सिन्धुसदाबहार अस्पतालमा लगिएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित