बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

स्वागत नेपाललाई पराजित गर्दै झापा-२ मा एमालेका देवराज घिमिरे विजयी

दैनिक नेपाल २०७९ मंसिर ७ गते २०:४२

काठमाडौं, ७ मंसिर । झापा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरे विजयी भएका छन् ।

स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई पराजित गर्दै घिमिरे विजयी भएका हुन् । घिमिरले २८ हजार ६ सय ९७ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी नेपालले २६ हजार ४ सय ४१ मत पाए ।

त्यस्तै, गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका हरि कुमार रानाले १३ हजार ९ सय २४ मत ल्याउँदै तेस्रो भए ।

प्रतिक्रिया
सम्बन्धित