
काठमाडौं, ७ मंसिर । ओखलढुंगाबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा विजयी भएका छन् ।
खतिवडाले नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारलाई पराजित गरेका हुन् । खतिवडाले ३३ हजार ५ सय ५६ मत ल्याए ।
नेकपा एमालेका यज्ञराज सुनुवारले २६ हजार ७ सय ३८ मत प्राप्त गरे। खतिवडा २०४७ को निर्वाचनमा सुनुवारसँग पराजित भएका थिए । यो पटकको जितसँगै खतिवडाले सुनुवारसँग बदला लिएका छन् ।















प्रतिक्रिया