शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

इराकमा ग्यास ट्याङ्की विस्फोटः ११ जनाको मृत्यु, १३ जना घाइते

दैनिक नेपाल २०७९ मंसिर ३ गते ६:५६

बग्दाद, ३ मंसिर । इराकको अर्ध स्वायत्त क्षेत्र कुर्दिस्तानमा बिहीबार भएको ग्यास ट्याङ्की विस्फोट हुँदा ११ जनाको मृत्यु हुनाका साथै अन्य १३ जना घाइते भएका छन् ।

गभर्नर हवल अबुबाकिरले पत्रकार सम्मेलनमा बताएअनुसार सुलेमानिया प्रान्तको काजिवा नजिक वस्तु तताउन प्रयोग गरिने लिक्विफाइड पेट्रोलियम ग्यास ट्याङ्कीबाट चुहावटका कारण त्यहाँस्थित भवनमा ठूलो विस्फोट भएको थियो।

उद्धारकर्मीहरूले अझै चार अन्य बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेको बताएका छन् । हराइरहेका व्यक्तिहरू सो विस्फोटमा भत्किएको तीन तले भवनको भग्नावशेषमुनि दबिएको विश्वास गरिएको छ । अबुबाकिरले उत्तरपूर्वी इराकको सुलेमानिया प्रान्तमा एक दिनको लागि सार्वजनिक शोकको घोषणा पनि गरेका छन् । सिन्ह्वा

प्रतिक्रिया
सम्बन्धित