बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बढ्यो सुनको मूल्य, कति छ आजको मूल्य ?

दैनिक नेपाल २०७९ मंसिर २ गते ११:२२

काठमाडौं, २ मंसिर । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य वृद्धि भएको छ ।

शुक्रबार छापावाला सुन तोलामा १ सय रुपैयाँले बढेर ९८ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा १ सय रुपैयाँ वृद्धि भएको हो ।

आज तेजाबी सुनको मूल्य ९७ हजार ६ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।

यसैगरी आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेको छ । शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले घटेर १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित