बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कोरोना अपडेट : थप १५ जनामा सङ्क्रमण पुष्टि

दैनिक नेपाल २०७९ कार्तिक २७ गते १६:५१

काठमाडौं, २७ कात्तिक । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७६४ पीसीआर परीक्षणका क्रममा १४ जना र १ हजार २२१ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण आइतबार कसैको पनि मृत्यु भएको छैन भने थप ३० संक्रमित निको भएका छन् ।

हाल नेपालमा ५१४ सक्रिय संक्रमित आइशोलेनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित