३ कार्तिक २०८३, मंगलबार

सैनिक कारवाहीमा बोकोहरामका लडाका मारिए

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नियाम, २५ कात्तिक । नाइजेरियाली सेनाले इस्लामिक चरमपन्थी समूह बोको हरामका कम्तीमा पाँच सदस्यलाई मारेको छ ।

साथै डिफाको दक्षिणी सीमा क्षेत्रमा अपहरण गरिएका सात जनालाई रिहा गरिएको पनि रक्षा मन्त्रालयले बुधबार जनाएको छ ।

बोको हरामले सोमबार डिफामा सात महिला र एक पुरुषलाई अपहरण गरेपछि नाइजरको नेशनल गार्डले शुरु गरेको कारबाहीको क्रममा मङ्गलबार कम्तीमा पाँच विद्रोहीलाई मारिएको र महिला बन्धकलाई रिहा गरेको मन्त्रालयद्वारा जारी एक प्रेस विज्ञप्तिमा बताइएको छ ।

पुरुष बन्धक घाइते भएका कारण मृत्यु भएको र तीन सैनिक घाइते भएका पनि प्रेस विज्ञप्तिमा जनाइएको छ । बोको हराम लडाकाहरूले छिमेकी नाइजेरियामा आफ्नो स्थानबाट वर्षौंदेखि नाइजरको दक्षिणी भागमा घातक आक्रमण सुरु गर्दै आएका छन् ।

आधिकारिक तथ्याङ्कअनुसार नाइजर, नाइजेरिया दुवैमा सयौँ नागरिक, सेनाको मृत्यु भएको छ र हजारौँ विस्थापित भएका छन् । सिन्ह्वा