२९ आश्विन २०८३, बिहिबार

थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ६१४ पीसीआर परीक्षणका क्रममा ९ जना र १ हजार १२३ एन्टीजेन परीक्षणका क्रममा ७ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन भने थप १३ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ५६३ सक्रिय संक्रमित आइशोलेनमा रहेको मन्त्रालयले जनाएको छ ।