शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

दैनिक नेपाल २०७९ कार्तिक २४ गते १७:०६

काठमाडौं, २४ कात्तिक । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ६१४ पीसीआर परीक्षणका क्रममा ९ जना र १ हजार १२३ एन्टीजेन परीक्षणका क्रममा ७ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन भने थप १३ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ५६३ सक्रिय संक्रमित आइशोलेनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित