शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नेपाली मुलका डा.ह्यारी भण्डारी दोश्रो पटक अमेरिकी सांसदमा विजयी

दैनिक नेपाल २०७९ कार्तिक २३ गते १६:५३

काठमाडौं, २३ कात्तिक । नेपाली मुलका डा. ह्यारी भण्डारी दोश्रो पटक संयुक्त राज्य अमेरिकाको सांसदमा विजयी भएका छन् ।

अमेरिकामा नेपाली समुदायको ईतिहासमा मुलधारको राजनीतिमा खाता खोल्ने प्रथम नेपाली डा. भण्डारी निर्वाचनमा दोश्रो पटक विजयी भएका हुन् ।

उनले १२ हजार ३ सय ४४ मत ल्याएका छन् । मेरिल्याण्ड राज्यको विधानसभा-८ का जनताको विश्वासको कारण दोश्रो कार्यकालको लागि विजयी भएको उनले प्रतिक्रिया दिएका छन् ।

उनलाई हराउन सशक्त रुपमा मेरिल्याण्डका रिपब्लिकन उम्मेदवार डान कक्स लागेका थिए । डा. भण्डारीविरुद्व ट्रम्पका कट्टर समर्थक डान कक्सले चुनावी अभियानमा थुप्रै आरोप लगाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित