बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि

दैनिक नेपाल २०७९ कार्तिक २० गते १६:५४

काठमाडौं, २० कात्तिक । नेपालमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार २१९ पीसीआर परीक्षणका क्रममा २६ जना र ६६० एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन भने थप १८ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ५ सय ७० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित