बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अमेरिकी अर्थतन्त्रमा योगदान पुर्‍याउने दुई जना नेपालीलाई सम्मान

दैनिक नेपाल २०७९ कार्तिक १७ गते २१:०२

सनफ्रान्सिस्को, १७ कात्तिक । उद्यमशीलताको माध्यमद्वारा अमेरिकाको अर्थतन्त्रमा योगदान पुर्याएबापत अमेरिकामा दुई जना नेपाली व्यवसायीलाई सोमबार क्यालिफोर्निया राज्यका सभासद आलेक्शलीले सम्मान गरेका छन् ।

ओक्टोबर ३१ मा हिन्दुहरुको महान चाड दीपावलीको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सभासद लीले सम्मानपत्र प्रदान गरेका हुन् । सो अवसरमा चार जना सम्मानित भएकामध्ये दुई नेपाली नागरिक हुन् ।

क्यालिफोर्नियाको एभरेस्ट कुजिनमा आयोजित समारोहमा सभासद लीले विभिन्न व्यवसायमार्फत् अमेरिकी अर्थतन्त्रलाई टेवा पुग्नेगरी सयौं नागरिकलाई रोजगारी सिर्जना गरेबापत यो सम्मान प्रदान गरिएको हो ।

‘सिलिकन भ्यालीमा व्यवसाय गर्ने चार जनालाई सम्मान गर्नपाउँदा मलाई खुसी लागेको छ’ भन्दै लीले सम्मानित चारै जनालाई बधाई दिए । सम्मानित हुनेमा नेपाली नागरिक डिल्लीविक्रम थापा र दीपज्योति कार्की छन् । उनीहरूसँगै मिखायल आर्सेन्टिव र अस्ररफ मद्राशवाला पनि सम्मानित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित