मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि, ३४ जना सङ्क्रमणमुक्त

दैनिक नेपाल २०७९ कार्तिक १३ गते १६:०६

काठमाडौं, १३ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २२९ पीसीआर परीक्षणका क्रममा ९ जना र ८५५ एन्टीजेन परीक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण आइतबार कसैको मृत्यु भएको छैन भने थप ३४ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ५५२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित