शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

शुक्रबार थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

दैनिक नेपाल २०७९ कार्तिक ११ गते १६:१७

काठमाडौं, ११ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४४८ पीसीआर परीक्षणका क्रममा १२ जना र ४७६ एन्टीजेन परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन भने थप २९ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ६०५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित