बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

दैनिक नेपाल २०७९ कार्तिक ९ गते १६:४२

काठमाडौं, ९ कात्तिक । नेपालमा बुधबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५५४ पीसीआर परीक्षणका क्रममा १४ जना र ५६३ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन भने थप ३५ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ६ सय ४१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित