
काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री शेर बहादुर देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताका लागि प्रतिवद्ध रहेको बताएका छन् ।
नेपाल प्रेस युनियनले सोमबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले प्रजातन्त्रका लागि प्रेस स्वतन्त्रता अपरिहार्य रहेको भन्दै सरकार पूर्ण प्रेस स्वतन्त्रताका लागि प्रतिवद्ध रहेको बताएका हुन् ।
प्रेस स्वतन्त्रता नभएको देशमा प्रजातन्त्रको सुदृढीकरण हुन नसक्ने बताउँदै प्रधानमन्त्री देउवाले संविधानमा उल्लेख जनताको अधिकारको ग्यारेन्टी गर्न सरकारमा बस्नेहरु पनि गम्भीर हुनुपर्नेमा जोड दिए ।















प्रतिक्रिया