३ कार्तिक २०८३, मंगलबार

अविचलित र अनुकरणीय राजनीतिक यात्रामा रहेका भरत केसी को हुुन् ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्तिक । दोलखाको राजनीतिक तथा सामाजिक क्षेत्रमा भरत केसी चिरपरिचित नाम हो ।

पछिल्लो अवधिमा राष्ट्रिय स्तरमा समेत परिचित छन् । मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल नेकपा एमालले भरत केसीलाई प्रदेशसभाका निम्ती दोलखाको निर्वाचन क्षेत्र ‘ख’ बाट उम्मेदवार बनाएपछि उनको चर्चा थप चुलिएको छ ।

दोलखाको प्रदेश सभा ‘ख’ मा भीमेश्वर नगरपालिका र तीन वटा गाउँपालिका शैलुङ, कालिञ्चोक र बिगु पर्दछन् । यहाँ ३४ वडा रहेका छन् ।

नेकपा एमालेबाट प्रदेश सांसदका लागि उम्मेदवार बनेका केसीको स्वाभाव खरो वा हक्की छ । चिल्ला कुरा गरी मानिसलाई अल्मल्याउने बानी उनको छैन ।

उच्च तथा प्रभाविलो व्यक्तित्व रहेको छ । विकासमा दीर्घकालीन सोच बोकेको नेताहरूको रूपमा आफ्नो पहिचान उनले बनाएका छन् ।

कुशलतापूर्वक भीमेश्वर नगरको नेतृत्व

भरत केसी २०७४ सालको स्थानीय तहको निर्वाचनमा भीमेश्वर नगरपालिकाको प्रमुख पदको प्रत्यासी थिए । प्रत्यासी मात्र होइन अत्यधिक मत प्राप्त गरी विजयी भए । नगर प्रमुखको हैसियतले नगरपालिकामा छिरोल्लिएको विकासलाई एकीकृत गर्ने प्रयास गरे ।

आफ्नो नेतृत्वमा स्पष्ट दृष्टिकोणसहित समृद्ध भीमेश्वर बनाउने रणनीति योजनाको खाका उनले कोरेका छन् । भीमेश्वर नगरपालिकामा रहेका ९ वटा वडाहरूलाई अलग–अलग पहिचान दिने योजनाको तर्जुमा र कार्यान्वयनको आरम्भ गराए । उनी र उनको निर्वाचित टीमले भीमेश्वर नगरपालिकाको स्वरूप परिवर्तनका आधार तयार गर्न सफल भएको देखिन्छ ।

भरत केसीको नेतृत्वमा भएको टीमले भीमेश्वर नगरपालिका वडा नं. १ मा थामी संग्रहालय, सुन्द्रावती मार्ग, भ्यूटावर संग्रहालय, हाइकिङ्ग रुट र एकीकृत वस्ती, वडा नंं २ मा चम्पुजा तथा मञ्जुश्री पार्क, मुद्रा संग्रहालय, वडा नं. ३ मा खुल्ला चिडियाखाना, कभर्डहल, रंगाशाला र सपिङ्ग कम्प्लेक्स, वडा नं. ४ मा टहलेश्वर महादेव मन्दिर, महाँकाल वृन्दावन, पाण्डव पार्क र नमूना एकीकृत वस्ती, वडा नंं. ५ मा महाङ्काल मन्दिरका लागि जग्गा व्यवस्थापन एवम् मन्दिर निर्माण, मयूर तथा साइन्स पार्क, वडा नं. ६ मा भ्यूटावर, विश्व शान्ति वुद्ध पार्क, हिमालयन इन्स्टिच्यूट अफ साइन्स एकेडेमी वडा नं. ७ औद्योगिक ग्राम र वडा नं. ८ हात्ति छहरा पदमार्ग निर्माण भएका छन् ।

त्यसैगरी वडा नं. ९ मा शिव पोखरी, सूचनामूलक प्रवेशद्वार र फिल्म सिटीसँग सम्बन्धित आधारभूत कामहरू अगाडि बढेका छन् । भीमेश्वर नगरभित्र ४६७ किलोमिटर सडक निर्माण भएको छ । १५ किमि भन्दा बढी सडक ढलान र कालोपत्र भएका छन् । २८१ किमि भन्दा बढी नगरभित्रको सडकमा बाह्रै महिना गाडी चल्न सक्ने अवस्था रहेको छ ।

बजार क्षेत्रलाई उज्यालो शहर बनाउने अभियान अन्तर्गत सडक बत्तीहरूको प्रबन्ध गरिएको थियो । त्यसैगरी शुद्ध खानेपानी तथा ढल एवम् फोहोर प्रशोधनमा कोशेढुँगा सावित हुने बहुआयामिक परियोजनाहरू आरम्भ गरिएकोे थियो ।

यी कार्यक्रमहरू धेरैजसो रणनीतिक दृष्टिकोण राख्ने विशेष महत्वका रहेका छन् । नगरपालिकामा जोसुकै नेतृत्वमा आएता पनि यी कार्यक्रम सञ्चालन गर्नुको विकल्प देखिदैन ।

भौतिक पूर्वाधारको अलावा शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयका ६ कक्षासम्मका विधार्थीलाई निःशुल्क पोशाकको व्यवस्था गरिएको थियो । ४३ वटा विद्यालय भवन निर्माण भए । भीमेश्वर क्षेत्रको सामाजिक सांस्कृतिक पहिचानसहितको पाठ्यक्रम तयार गरिएको छ । ७५ वर्ष नाघेका ज्येष्ठ नागरिकहरूलाई दशैंको मुखैमा चाडवाड खर्च भनी सामाजिक सुरक्षा भत्ता थप रू. १ हजार वितरण गरिएको थियो ।

अविराम राजनीतिक यात्रा माध्यमिक विद्यालय तहको शिक्षा भीम मावि. दोलखामा अध्ययन गर्दादेखि नै राजनीतिमा होमिएका थिए । काठमाडौंमा ‘ल कलेज’ अध्ययन गर्दा अनेरास्ववियूमा सक्रिय भएका थिए ।

२०४५ सालदेखि दोलखाको भूगोलको राजनीतिमा क्रियाशील भए । पहिलो जनआन्दोलनमा समेत सक्रिय भएका थिए । कम्युनिष्ट पार्टीको सदस्य २०४७ सालमा बने । २०४९ सालको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट तत्कालीन चरिकोट गाविसको अध्यक्ष पदमा प्रत्याशी भएका थिए ।

२०५० सालदेखि नेकपा एमाले जिल्ला कमिटीको सदस्य भइ काम गरे । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चको सचिव र अध्यक्षको भूमिका कुशलतापूर्वक निर्वाह गरेका थिए ।

नेकपा एमाले दोलखाको सदस्य, सचिवालय सदस्य, उपसचिव तथा सचिव समेत भइसकेका छन् । अहिले नेकपा एमाले वाग्मती प्रदेश कमिटीको जिम्मेवारी सम्हालिरहेका उनले नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा पटक–पटक प्रतिनिधित्व गरिसकेका छन् ।

नेपाल खेलकुद महासंघको उपाध्यक्ष र वागमती प्रदेश प्रमुख भइ कार्यसम्पादन गरिसक्नु भएको छ । २०५१, २०५६, २०६४, २०७० र २०७४ का आम निर्वाचनहरूमा निर्वाचन क्षेत्रस्तरीय कमान्डर भइ निर्वाचन हाँकेको अनुभव उनले बटुलिसकेका छन् । अधिकांश निर्वाचनको नतिजा एमालेको पोल्टामा पार्न सफल भएका छन् ।

लामो राजनीतिक यात्रा गरेका केसी अहिले प्रदेश सांसदको उम्मेदवार बनेका छन् । सार्वजनिक जीवनको यात्रा २०४९ को स्थानीय निकायको निर्वाचनमा एमालेबाट तत्कालीन चरिकोट गाविसको अध्यक्ष पदमा उत्रिए । तर, सफलता मिलेन । यद्यपि, उनलाई पराजयले विचलनमा पार्न सकेन ।

२०५४ मा भएको स्थानीय निकायको निर्वाचनमा नगर सदस्य निर्वाचित हुँदै जिल्ला विकास समिति दोलखाको सदस्य भए । त्यो बेलाको जिविसको रणनीतिक योजनाको पेरीफेरीमा अहिले दोलखाको विकास चलेको मान्ने गरिन्छ ।

नेपालको पछिल्लो संविधान निर्माणपछि पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा भीमेश्वरको नगर प्रमुखमा विजयी भएका उनी मुलुकभरका नगरपालिकाहरूको छाता संस्था नेपाल नगरपालिका संघको वागमती प्रदेशको संयोजक एवंम् केन्द्रीय सदस्य भएका थिए । जसबाट नेपालभरका नगरपालिकाले सञ्चालन गरेको नवीनतम् विकास निर्माण तथा आयोजनालाई नजिकबाट नियाल्ने मौका पाएको उनी बताउँछन् ।

नगरको नेतृत्वको हैसियतले तथा व्यक्तिगत पहलमा अमेरिका, कोरिया, चीनलगायतका देशहरूमा भ्रमण गरी विकासका मोडलहरू हेर्ने मौका पाएकाले थुप्रै सिकाई आफूसँग भएको उनको भनाइ छ । सिर्जनात्मक रूपमा प्रयोगका लागि कोशिस समेत उनले गरेको पाइन्छ ।

सांसदको भूमिकामा अबको यात्रा स्थानीय तहको विकासको आरम्भ गर्ने मौका पाएका थिए । कुशलतापूर्वक कार्यसम्पादन पनि गरेका छन् । उनी दोलखामा सफल कानून व्यवसायी पनि थिए । सकृय सार्वजनिक पद प्राप्तीपछि सो पेशा छोडेर निरन्तर राजनीतिक यात्रामा क्रियाशील छन् । तथापि उनी कानूनविद्का रूपमा पनि परिचित नै छन् ।

विकासकर्ता र कानुनविद्को अनुभव लिएर प्रदेश सांसदको लागि निर्वाचनमा होमिएका सांसदको मूख्य काम जनमैत्री कानून बनाउने हो । राम्रो कानून बनाउने मात्र होइन राम्रोसँग बनाउने पनि हो । अनी विकास निर्माणलाई पद्दतीगत गराउन नीति बनाउने हो । यसमा भरत केसीसँगको अनुभव सहायकसिद्ध हुनसक्ने छ । स्थानीय तहमा रहेर काम गर्दाको अनुभव र चुनौतीलाई सम्बोधन गर्ने मौका उनलाई रहने छ ।

धेरै साँसदहरूले स्थानीय तहको विकासको अगुवाइको अवसर पाएका हुँदैनन् । केवल ‘जानीसुन्ने’ मात्र हुन्छन् तर भरत केसी ‘गरिजान्नेमा’ पर्दछन् । विकासको बेथितिलाई कसरी थिति बसाउने विषयमा नगर प्रमुखको अनुभव छ भने कानून कसरी बनाउने भन्ने सन्दर्भमा कानून विद्को दख्खल छँदैछ ।

त्यसकारण भरत केसीको प्रदेश सभाको यात्रा उनका लागि मात्र नभइ यो प्रदेशको निम्ति नै अनुकरणीय हुन सक्ने छ ।