९ मंसिर २०८३, बुधबार

सन्दीपमाथिको अनुसन्धान सकेर प्रहरीले बुझायो प्रतिवेदन

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेमाथिको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ ।

प्रहरी वृत गौशालाले अनुसन्धान प्रतिवेदन आइतबार सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको हो । आइतबार नै जिल्ला अदालत काठमाडौंले सन्दीपलाई थप दुई दिन हिरासतमै राख्न आदेश दिएको थियो ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सन्दीपलाई जबरजस्ती करणीको अभियोगमा अधिकतम सजाय माग दाबी गरिएको छ ।

गत भदौ २१ मा नाबालिकाले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । लामिछाने असोज २० गते पक्राउ परेका थिए ।