
चितवन, ६ कात्तिक । वरिष्ठ राजनीतिज्ञ एवं समाजसेवी मैयादेवी श्रेष्ठको निधन भएको छ ।
गत असोज २५ गतेदेखि निमोनियाबाट अस्वस्थ भएकी पूर्वसांसद ९५ वर्षीया श्रेष्ठको उपचारको क्रममा निधन भएको हो । उनलाई पछिल्लो समय श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो ।
नेपाल आमा सम्मानबाट सम्मानित श्रेष्ठ मैयादेवी कन्या क्याम्पसको संरक्षक समेत थिइन् ।












प्रतिक्रिया