९ मंसिर २०८३, बुधबार

पार्टीका असन्तुष्ट नेतालाई थुम्थुम्याउन पदको लोभ देखाउँदै प्रचण्ड

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै पार्टीका नेता कार्यकर्तालाई मिलाउन धौ–धौ परेको छ ।

पार्टीका हरेक निर्णय गर्नुपर्दा प्रचण्डलाई नेताहरुलाई मिलाउन नै सकस पर्ने गरेको छ । उसो त प्रचण्ड आफैँले पनि पार्टीभित्र स्वार्थीपना देखिएको स्वीकार्दै आएका छन् ।

यसैबीच, प्रचण्डले शनिबार विराटनगरमा आयोजित एक सार्वजनिक कार्यक्रममै टिकट नपाएका पार्टीका नेताहरु असन्तुष्ट रहेको भन्दै उनीहरुलाई सरकार बनेपछि पद दिइने आश्वासन नै दिन भ्याए । प्रचण्डले भने, ‘अहिले टिकट नपाएर अन्यायमा परेकालाई पनि निर्वाचनपछि बन्ने सरकारले अवसर नै अवसर दिनेछ ।’

प्रचण्डको यस वक्तव्यबाट पनि स्पष्ट हुन्छ कि निर्वाचनको सम्मुखमा माओवादीभित्र चरम असन्तुष्टि रहेको छ । जसले गर्दा नेताहरुले पार्टी परित्याग गर्नेसम्मकै सम्भावनाका कारण प्रचण्डलाई अप्ठ्यारो परेको छ ।

स्थानीय तहका नेताहरुले असन्तुष्टि जनाउँदै धमाधम पार्टी परित्याग गरिरहेका बेलामा प्रचण्डलाई केन्द्रीय नेताहरु नै पार्टी परित्याग गरेर अन्य दलमा प्रवेश गर्ने डरले सताइरहेको छ ।