काठमाडौं, ३ कात्तिक । कमेडिका क्रममा नेवा समुदायप्रति चोट पुर्याएको आरोपमा प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिजलाई धरौटी रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
न्यायाधीश माधवप्रसाद मैनालीको इसलासले आज अपूर्वलाई साढे दुई लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
सरकारी वकिलको कार्यालयले अपूर्वविरुद्व एक देखि पाँच वर्षसम्मको सजाय माग गरेको थियो । गत भदौ १२ गते पक्राउ परेका अपूर्वलाई ११ दिन हिरासतमा राखेपछि भदौ २३ गते उनलाई हाजिर जमानीमा छाडेको थियो।
प्रहरीले उनलाई केही दिनअघि पुन: पक्राउ गरेको थियो ।















प्रतिक्रिया