
काठमाडौं, २ कात्तिक । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
मंगलबार प्रतितोला १ सय रुपैयाँले बढेको सुन बुधबार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार तोलामा २ सय रुपैयाँले घटेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसैगरी, आज तेजाबी सुनको मूल्य ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार बुधबार चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया