२९ आश्विन २०८३, बिहिबार

युगान्डामा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कम्पाला, २ कात्तिक । युगान्डाको स्वास्थ्य मन्त्रालयले सोमबार इबोलाका कारण पछिल्लो चार दिनमा थप पाँच व्यक्तिको मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या २४ पुगेको जनाएको छ ।

मन्त्रालयले अक्टोबर १६ सम्मको अद्यावधिकमा दुई नयाँ पुष्टि भएका घटनाहरू दर्ता गरेपछि पुष्टि भएका घटनाहरूको सङ्ख्या पनि बढेर ६० पुगेको बताएको छ । सेप्टेम्बर २० मा मुबेन्डेको केन्द्रीय जिल्लामा इबोला सङ्क्रमणको व्यापकता देखिएको थियो ।

सङ्क्रमण नियन्त्रणका लागि मुबेन्दे र छिमेकी कसण्डा जिल्लामा २१ दिनदेखि लकडाउन र राति कर्फ्यू लगाइएको छ । सरकारले राजधानी कम्पाला सहरलाई पनि सम्भावित उच्च जोखिममा राखेको छ ।