२९ आश्विन २०८३, बिहिबार

अनेसास महिला समिति संयोजकमा सन्ध्या पहाडी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, १ कात्तिक । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को महिला समिति संयोजकमा सन्ध्या पहाडीलाई मनोनित गरिएको छ ।

अनेसासको केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा कार्यसमितिको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

दुई वर्षे कार्यकालभित्र समितिले महिला सम्मेलन, कृति प्रकाशन र साहित्यिक कार्यक्रम र गोष्ठीको आयोजना गर्ने छ ।

आवश्यकता हेरी सबै क्षेत्रका महिला प्रतिनिधिहरू समेटेर कार्यसमितिलाई छिट्टै पूर्णता दिइने बताइएको छ ।