
काठमाडौं, १ कात्तिक । सरकारले शताब्दी पुरूष सत्यमोहन जोशीको निधनमा शोक मनाउन आज मंगलबार देशभर सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै जोशीको निधनको शोकमा नेपाल राज्यभरिका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरू विदेशस्थित कूटनीतिक नियोगहरूमा मंगलबार विदा दिने निर्णय भएको जानकारी दिएको थियो ।
शताब्दी पुरुष जोशीको आइतबार १ सय ३ वर्षको उमेरमा उपचारको क्रममा किष्ट अस्पतालमा निधन भएको थियो ।












प्रतिक्रिया