२९ आश्विन २०८३, बिहिबार

प्रवासी नेपाली मञ्चको पहिलो अन्तर्राष्ट्रिय अधिवेशन कात्तिकमा, केपी ओलीले उद्घाटन गर्ने

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । प्रवासी नेपाली मञ्चको पहिलो अन्तर्राष्ट्रिय अधिवेशन आगामी कात्तिक १९ र २० गते काठमाडौंमा हुने भएको छ ।

बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजना हुने अधिवेशनको समुद्घाटन नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् ।

दुई दिनसम्म चल्ने अघिवेशनमा प्रवासी नेपाली मञ्चका संसारभरीका संगठनहरुबाट चुनिएर करिब ३५० जना प्रतिनिधिको सहभागिता रहने छ ।

अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरू बनाइएका छन् भने नेपालमा सम्पर्क कार्यालयबाट अधिवेशनको तयारी शुरू भइसकेको बताइएको छ ।

साथै अधिवेशन विशेषको प्रतिक चिह्न ‘लोगो’ आज नेकपा एमालेका उपमाहसचिव विष्णु रिमालले एक कार्यक्रमका बीच सार्वजनिक गरेका छन् ।

अधिवेशनले प्रवासी नेपाली मञ्चको सिद्धान्त, नीति, कार्यक्रम र बिधि–बिधान तर्जुमा गर्नाका साथै अन्तर्राष्ट्रिय नेतृत्व समेत चयन गर्नेछ ।