शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कोरोना अपडेट : आइतबार थप ३२ जनामा सङ्क्रमण पुष्टि

दैनिक नेपाल २०७९ असोज ३० गते १५:४२

काठमाडौं, ३० असोज । नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६३४ पीसीआर परीक्षणका क्रममा २८ जना र ५२८ एन्टीजेन परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु भएको छैन भने थप ७ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ६८८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित