
काठमाडौं, ३० असोज । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।
जोशीको उपचारको क्रममा आज बिहान ललितपुरको किष्ट अस्पतालमा निधन भएको हो ।
जोशीमा पछिल्लो समय एकै पटक विभिन्न किसिमका स्वास्थ्य समस्या देखिएको थियो । जोशीमा निमोनिया, पिसाबको संक्रमण र मुटुरोगसँगै डेंगु संक्रमण देखिएको थियो ।












प्रतिक्रिया