३ कार्तिक २०८३, मंगलबार

इटलीका दुवै सदनको नेतृत्व चयन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोम, ३० असोज । इटलीका दुवै सदनको नेतृत्व चयन गरिएको छ । माथिल्लो सदनका लागि अध्यक्ष र तल्लो सदनका लागि सभामुख चयन गरिएको हो ।

दुई पटक मन्त्री भइसकेका प्रभावशाली नेता लोरेन्जो फोन्ताना तल्लो सदनको सभामुखमा शुक्रबार निर्वाचित भएका छन् ।

त्यसैगरी माथिल्लो सदन सिनेटको अध्यक्षमा भने इग्नाजीयो ला रुसा अघिल्लो दिन बिहीबार नै निर्वाचित भएका थिए ।

सभामुखमा निर्वाचित फोन्तानाले २२२ मत प्राप्त गरेका थिए । संसदमा सभामुख चयनका लागि भएको चौथो पटकको मतदानबाट २५ मत बढी प्राप्त गरी ४२ वर्षीय फोन्ताना सभामुखमा निर्वाचित भएका हुन् ।

उनले यसअघि युरोपेली मामिला मन्त्री र परिवार तथा अपाङ्गतासम्बन्धी मन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए ।

सिनेट अध्यक्षमा निर्वाचित ७५ वर्षीय ला रुसा भने यसअघि रक्षा मन्त्री भएका थिए । ब्रदर्स अफ इटली पार्टीका नेता थिए । उनले १२ मत बढी ल्याएर जित हासिल गरेका हुन् । उनले ११६ मत पाएका थिए । सिन्ह्वा