
काठमाडौं, २८ असोज । विवेकशील साझा पार्टीमा फेरी पहिरो गएको छ । रवीन्द्र मिश्रको टिममा बसेर काम गरेका दुई हस्तीहरु शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।
विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य एवं आर्थिक विभाग प्रमुख आशिष रेग्मी र केन्द्री सदस्य एवं नीति विभाग उपप्रमुख सञ्जय बराल नेकपा (एमाले)मा प्रवेश गरेका छन् । उनीहरुलाई नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन् ।
वैकल्पिक राजनीतिक शक्तिका रुपमा स्थापित हुने सोचले आफूहरु विवेकशीलमा लागे पनि त्यो भ्रममा रहेको उनीहरुले बताए । युवाहरुले सोचेको र चाहेको पूरा गर्ने पार्टी नेकपा (एमाले) भएकालेले आफूहरु एमाले प्रवेश गरेको उनीहरुको भनाइ थियो ।
प्रवेश गरेका रेग्मी विवेकशील साझाका रणनीतिकारका रुपमा कार्यरत थिए भने बरालले काठमाडौं क्षेत्र नम्बर एकमा रवीन्द्र मिश्रको मुख्य अभियानकर्ताको रुपमा काम गरेका थिए । उनीहरुको प्रवेशसँग रवीन्द्र मिश्रलाई धक्का लागेको छ ।











प्रतिक्रिया