शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कोरोना अपडेट : थप ४२ जनामा सङ्क्रमण पुष्टि

दैनिक नेपाल २०७९ असोज २८ गते १७:३७

काठमाडौं, २८ असोज । नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ६९ पिसिआर परिक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन भने २६ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ६ सय ३८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित