शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कोरोना अपडेट : थप ५१ जनामा सङ्क्रमण पुष्टि

दैनिक नेपाल २०७९ असोज २७ गते १६:२७

काठमाडौं, २७ असोज । नेपालमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ७२५ पीसीआर परीक्षणका क्रममा ४५ जना र १ हजार ६१ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप २१ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ६२२ जना सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित