
काठमाडौं, २७ असोज । नाबालिका बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज अदालतमा लगिँदैछ ।
नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने भएको हो ।
गत सोमबार २० गतेबाट लागू हुनेगरि प्रहरीले अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद पाएको थियो।
क्यारेबियन लिग खेल्न विदेश गएका बेला लामिछानेमाथि एक नाबालिकाले आफूमाथि बलात्कार भएको जाहेरी दर्ता गराएकी थिइन् ।
सोही आधारमा जारी भएको पक्राउ पुर्जीअनुसार लामिछानेलाई नेपाल फर्किएलगत्तै प्रहरीले पक्राउ गरेको थियो ।











प्रतिक्रिया