बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

थप ५१ जनामा कोरोना संक्रमण

दैनिक नेपाल २०७९ असोज २६ गते १७:१४

काठमाडौं, २६ असोज । नेपालमा बुधबार थप ५१ जनामा कोरोना संक्रमणा पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको ७ सय ४३ पिसिआर परिक्षणका क्रममा ४५ जना र ९ सय ८० एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन भने थप २२ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ सय ९८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित