३ कार्तिक २०८३, मंगलबार

निर्वाचन अपडेट : प्रतिनिधिसभा र प्रदेशसभाको ४९५ सीटका लागि ६ हजार जनाको उम्मेदवारी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि करिब ६ हजार जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभाको १६५ र सात वटा प्रदेश सभाका ३३० वटा सीटका लागि कुल ५ हजार ९६८ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रतिनिधिसभाको १६५ सीटका लागि हालसम्म २ हजार ५१३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिए ।

त्यस्तै प्रदेशसभातर्फ ३३० सीटका लागि ३ हजार ४५५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । उम्मेदवारी दिनेको विवरण अद्यावधिक भइरहेको आयोगको भनाइ छ ।