३ कार्तिक २०८३, मंगलबार

सत्यमोहन जोशीको स्वास्थ्यमा थप समस्या देखिएपछि आईसीयूमा सारियो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्यमा थप समस्या आएको छ ।

मुटुको चाल थप बढ्नाका साथै पिसाबमा इन्फेक्सन र छातीमा निमोनियाले समेत सताएपछि अहिले उनलाई आईसीयूमा राखेर उपचार गरिरहेको किष्ट अस्पतालले जानकारी दिएको छ ।

आज सोमबार बिहान उनको स्वास्थ्यमा हिजो आइतबारको तुलानमा केही सुधार आएको बताइए पनि दिउँसोदेखि अवस्था पुनः जटिल बनेको अस्पताल स्रोतको भनाइ छ ।

स्वास्थ्यमा समस्या देखिएपछि जोशी १८ दिनदेखि किष्ट अस्पतालमा उपचाररत छन् । डेङ्गु पुष्टि भई उपचार भइरहेकामा सोमबार बढी समस्या आएको बताइएको छ ।