
काठमाडौं, २४ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि इटालीका राजदुत भिन्सेन्जो डे लुकाले शिष्टाचार भेट गरेका छन् ।
मन्त्रालयमा आज सोमबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको थियो ।
भेटका अवसरमा इटालियन सरकारले नेपालको विकासमा गर्दै आएको प्रत्यक्ष तथा परोक्ष सहयोगको स्मरण गर्दै मन्त्री श्रेष्ठले आगामी दिनमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
त्यस्तै युरोपेली संस्कृति तथा सम्पदाको केन्द्रका रूपमा रहेको इटालीबाट नेपालले पुरातात्त्विक सम्पदाको व्यवस्थापन तथा संरक्षणबारे शिक्षा लिन चाहेको मन्त्री श्रेष्ठले बताए । मन्त्री श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा जोड्ने गरी हनुमानढोका–स्वयम्भू सम्पदामार्ग निर्माण सुरु गरिएको जानकारी दिदै सम्पदामार्ग विश्व पर्यटनकै दुर्लव संयोग रहने र पर्यटन आकर्षणका लागि समेत महत्वपुर्ण रहने बताए ।
सो अवसरमा राजदूत लुकालेइटालीले नेपालको पर्यटन विकासमा सहयोग गर्ने बताए । साथै उनले इटालियन सरकारले आयोजना गर्ने रोम एक्स्पो २०३० परियोजनाको तयारीबारे पनि मन्त्री श्रेष्ठलाई जानकारी गराएका छन् ।















प्रतिक्रिया