
काठमाडौं, २३ असोज । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

नेता पोखरेलले केहिबेर अघि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । नेता पोखरेलसँगै प्रदेशसभा सदस्यको लागि एमालेका दिपक निरौला र नारायण सिलवाल उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्ता गर्नु अघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पोखरेलले मंसिर ४ गते हुने निर्वाचनमा आफुसहित एमालेका उम्मेदवारहरु विजयी हुनेमा विश्वास व्यक्त गरे ।

पोखरेलले आफ्नो पार्टीले अघि सारेको विचार र विगतमा गरेको विकासका कामहरुको आधारमा जनताले विश्वास गर्ने र निर्वाचित गराउने विश्वास रहेको उल्लेख गरे ।
पोखरल यसअघि २०७४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रमा भारी मतले निर्वाचित भएका थिए ।
















प्रतिक्रिया