
काठमाडौं, २१ असोज । नेकपा एमालेले ताप्लेजुङबाट प्रतिनिधि सभाको टिकट पार्टीका केन्द्रीय सचिव योगेश भट्टराईलाई दिएको छ ।
भट्टराई २०७४ मा भएको निर्वाचनमा पनि ताप्लेजुङबाट निर्वाचित भएका थिए ।
ताप्लेजुङको साँघुमा जन्मिएका भट्टराईले २०३७ सालदेखि अनेरास्ववियुबाट आफ्नो राजनीति सुरू गरेका थिए ।
एमालेको विभिन्न जिम्मेवारीमा रहँदै आएका भट्टराई केन्द्रीय सदस्य हुँदै हाल पार्टीको केन्द्रीय सचिवको जिम्मेवारीमा छन् ।
यसैगरी, प्रदेश सभा १ तर्फ एमालेबाट तिलकुमार मेन्याङ्बो र २ बाट मणिशंकर पोमु उम्मेदवार बन्ने भएको एमाले स्रोतले जनाएको छ ।











प्रतिक्रिया