बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीद्वारा बडादसैँको शुभकामना

दैनिक नेपाल २०७९ असोज १९ गते १७:२९

काठमाडौं, १९ असोज । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीले नेपालीहरूको महान् चाड बडादसैँको अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेको छ ।

बडादसैँको अवसरमा मञ्चका अध्यक्ष भक्त गुरुङले शुभकामना सन्देश जारी गर्दै विजयादशमीलाई सत्यको विजयको रुपमा ग्रहण गरी भव्यरुपमा मनाउन सम्पूर्ण प्रवासी नेपालीहरुमा अनुरोध गरेका छन् ।

‘प्रवासी नेपालीहरुको लागि चाडपर्वहरु पीडाबोधको विषय बन्ने गर्छ । संसारका विभिन्न देशहरुलाई कर्मथलो बनाइ बसेका पचासौं लाख प्रवासी नेपालीहरु यस्ता महान् चाडपर्वहरुमा आफ्ना परिवारका सदस्यहरुलाई सम्झी विरानो जीवन जिउन बाध्य बनेका हुन्छन् । तथापी, हालको विज्ञान, प्रविधि, संघसंस्था र सोसल मिडियाको सञ्जालको विकासले हामी प्रवासीहरु संसारको जनुसुकै कुनामा रहे पनि त्यति विरानो महशसु गरिहाल्नुपर्ने स्थिति छैन । गुरुङको शुभकामना सन्देशमा भनिएको छ, संसारभरका प्रवासी नेपालीहरुले चाडपर्वहरुलाई विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरी धुमधामका साथ मनाउँदै आइरहेका छन् । विजयादशमीको रहस्य “असत्यमाथि सत्यको विजय हो”, र “खराब पक्षको त्याग र असल पक्षको अनुसरण” हो । तसर्थ, विजयादशमीलाई सत्यको विजयको रुपमा ग्रहण गरी भव्य रुपमा मनाउन सम्पूर्ण प्रवासी नेपालीहरुमा हार्दिक अनुरोध गर्दछु ।’

यस्तो छ शुभकामना सन्देश:

प्रतिक्रिया
सम्बन्धित