६ कार्तिक २०८३, शुक्रबार

गोठाटारमा गार्मेन्ट व्यापारीको हत्या : हत्यारा समूहका तीन जना सहयोगी पक्राउ (भिडिओ)

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या प्रकरणमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा २ जना पुरुष र एक जना महिला रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई आज महानगरीय प्रहरी परिसरले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गर्ने तयारी गरेको छ ।

गएको ३ असोजमा गोठाटारमा एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएका ५५ वर्षीय मोहम्मदको गोली हानी हत्या भएको थियो ।

मोहम्मद जोरपाटीबाट कपडा प्याक गर्ने प्लास्टिक लिएर कारमा गोठाटार फर्किएर कारबाट झर्नेवित्तिकै उनीमाथि गोली प्रहार थियो ।

घटनास्थलको सीसीटीभी फुटेजमा रातो रंगको सर्ट लगाएर पल्सर मोटरसाइकलमा आएकाहरुले मोहम्मदमाथि गोली प्रहार गरेर भागेका थिए ।

गोली लागेर गम्भीर घाइते भएका मोहम्मदको त्रिवि शिक्षण अस्पतालमा उपचाररतको क्रममा मृत्यु भएको थियो ।

मोहम्मद १० वर्ष जेल बसेर तीन वर्ष पहिला मात्र छुटेका थिए । गोलीकाण्डको पुरानो घटनासँग कनेक्शन रहेको आशंका गरिएको छ ।