३ कार्तिक २०८३, मंगलबार

पाकिस्तानका पूर्व राष्ट्रपति जर्दारी अस्पताल भर्ना

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लामावाद, १३ असोज । पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जर्दारी अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मङ्गलबार कराँची अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । पाकिस्तान पिपल्स पार्टी (पिपिपि) का सह अध्यक्ष समेत रहेका जर्दारी पछिल्ला केही हप्तादेखि विरामी नै रहेका थिए । तर मङ्गलबार मात्रै अस्पताल भर्ना गरिएको हो ।

उनलाई फोक्सोसम्बन्धी समस्या भएकाले परिक्षणको कार्य भइरहेको अस्पताल श्रोतले जनाएको छ । उनलाई सुरुमा निजी अस्पतालमा भर्ना गरिएकोमा चिकित्सकहरूकै सल्लाहअनुसार कराँची अस्पतालमा भर्ना गरिएको हो । पूर्व राष्ट्रपति जर्दारी यसअघि दुबई भ्रमणमा गएका बेला गत जुलाईमा कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए ।