३ कार्तिक २०८३, मंगलबार

तान्जनियामा ६० हजार कुकुरलाई रेविज विरुद्धको खोप

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तान्जनिया, १३ असोज । तान्जनियामा झण्डै ६० हजार कुकुरलाई रेविज विरुद्धको खोप लगाइने भएको छ । देशभरी आगामी एक हप्तामा त्यति धेरै खोप लगाउने योजना बनाइएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

पशुपक्षी मन्त्री माशिम्बा एनडाकीले ती खोप सबै निःशुल्क वितरण गरिएको र लगाउने कार्य सुरु भइसकेको जानकारी दिए । उनका अनुसार रेविज विरुद्धको खोप कुकुरका पालकहरुलाई वितरण गरिएको छ भने सार्वजनिक स्थलमा रहेको कुकुरका लागि छुट्टै व्यवस्था गरिएको छ ।

देशभरी रोविजबाट विरामी भएकाहरुको सङ्ख्या बढ्दै गएका नियन्त्रण गर्न खोप अभियान चलाइएको उनको भनाई छ । “अहिले हाम्रा पशु स्वास्थ्य अधिकारीहरु कुकुरहरुलाई खोप लगाउनका लागि देशभरी नै खटिएका छन्” उनले भने । यो कार्य आगामी अक्टोबर २ सम्ममा सम्पन्न गर्ने योजना रहेको उनले बताए ।

रेविज रोगले धेरै मानिसको मृत्यु पनि भएकाले आफ्ना कुकुरलाई रेविज विरुद्धको खोप लगाउनै पर्ने वाध्यकारी व्यवस्था सबै कुकुर पालकहरुलाई गराइएको छ । उनका अनुसार तान्जनियामा वार्षिक रुपमा १५ सय जनाको मृत्यु रेविजका कारण हुने गरेको देखिएको छ । सिन्ह्वा