शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नेकपा एस अछामका अध्यक्षसहित २४ जना एमालेमा फर्किए (सूचीसहित)

दैनिक नेपाल २०७९ असोज १० गते १८:०३

काठमाडौं, १० असोज । नेकपा (एमाले) बाट अलग्गिएर बनेको नेकपा (एकीकृत समाजवादी) अर्थात् नेकपा एसका अछाम जिल्ला अध्यक्षसहित २४ जना एमालेमै फर्किएका छन् ।

समाजवादीका जिल्ला अध्यक्ष हिरण्ड भट्टराईसहितलाई एमाले केन्द्रीय कार्यालय च्यासलमा आज सोमबार महासचिव शंकर पोखरेललगायतका नेताहरुले स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरूमा-

सुदूरपश्चिम प्रदेश कमिटी सदस्य
१. लक्ष्मी भट्टराई

राष्ट्रिय परिषद् सदस्य
१. देवकला चलाउने

जिल्ला कमिटी सदस्य
१. तुली धामी
२. सर्जन धामी
३. भूपेन्द्र बुढा
४. चन्द्र साउँद
५. देवेन्द्र बुढा
६. बम रावल
७. टेकबहादुर साउँद
८. केशर खड्का
९. पूर्ण विक
१०. बुद्दि बुढा
११. वीरभाने भुल
१२. खकिन्द्र साउँद
१३. डम्बर रावल
१४. हिरासिंह बोहरा

पालिका कमिटीका
१. शंकर भट्टराई
२. पवित्रा भण्डारी
३. ज्वाला रावल
४. नारद खत्री

यसैगरी कुलबहादुर रावल र गोविन्द रावल रावलले पनि नेकपा एस छोडेर एमालेमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा भट्टराईले समाजवादी पार्टी स्वार्थ समूहमा परिणत भएको भन्दै केही पाउनका लागि मात्रै पार्टीको नाम समाजवादी राखेको आरोप लगाए । एमालेले मात्र देश र जनताको हित गर्न सक्ने भन्दै भूलवस समाजवादीमा लागे पनि मुल घरमै फर्केको उनको भनाइ थियो ।

समाजवादी पार्टीमा देश र जनताको नभइ आफ्नो व्यक्तिगत हित हुने मात्र काम गर्ने भएकोले जनताको सेवा गर्ने एमाले नै सही पार्टी भएको उनको भनाइ छ ।

पार्टीमा स्वागत गर्दै एमालेका महासचिव शंकर पोखरेलले थाहा नपाएर एमालेबाट बाहिर गएका अधिकांश कार्यकर्ताहरु एमालेमै फर्कने लहर चलेको बताए । एमालेको नीति, सिद्धान्त, विचार र कार्यक्रम जनताकै भएकाले सबैको साथ र सहयोग भएको महासचिव पोखरेलको भनाइ छ ।

भट्टाई हालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका विश्वासपात्र मानिन्छन् । यसअघि एमालेमा रहँदा भट्टराई जिल्ला सदस्यसहित प्रचारविभाग प्रमुखको जिम्मेवारी सम्हालीसकेका छन् । एमाले नेता भीम रावलको क्षेत्र निवासी भट्टराई फर्किएपछि एमाले थप बलियो भएको विश्लेषण गर्न थालिएको छ ।

समाहित कार्यक्रममा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य तथा अछाम इञ्चार्ज झपटबहादुर बोहरा, यज्ञबहादुर बोगटी, सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य कृष्णप्रसाद भट्टराई (जैसी), डीवी साउँद, जिल्ला अध्यक्ष चन्द्र बोहरा, अनेरास्ववियुका सचिवालय सदस्य कमल ढुंगानालगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित