
काठमाडौं, १० असोज । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) र कुमारी बैंक मर्ज हुने भएका छन् ।
सोमबार मेरियट होटलमा दुई बैंक बीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
एओयूमा एनसीसी बैंकका तर्फबाट मर्जर कमिटी संयोजक तथा सञ्चालक चन्द्र बाँस्तोला र कुमारी बैंकका तर्फबाट मर्जर कमिटीका संयोजक तथा सञ्चालक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
दुई बैंकबीच सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) १ः१ मा मर्जर हुने सहमति भएको बताइएको छ ।















प्रतिक्रिया