बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

रूसले सैनिक बन्दोबस्तीको जिम्मेवारी नयाँ व्यक्तिलाई दिने

दैनिक नेपाल २०७९ असोज ९ गते ५:५१

मस्को, ९ असोज । युक्रेनको सैन्य कारबाहीका परिचालन अभियान बीच रूसी सेनाको सैन्य बन्दोबस्तीको जिम्मेवारीमा रहेका आफ्ना उच्च पदस्थ जनरलको प्रतिस्थापन गर्ने घोषणा रूसले शनिबार गरेको छ ।

“सेनाका जनरल दिमित्री बुल्गाकोभलाई उपरक्षामन्त्री पदबाट मुक्त गरिएको छ र उहाँको स्थानमा कर्णेल जनरल मिखाइल मिजिन्तसेभलाई नियुक्त गरिएको छ,” रक्षा मन्त्रालयले टेलिग्राम सन्देशमा भनेको छ ।

युक्रेनको बन्दरगाह शहर मारिउपोललाई गत मे महिनामा रूसी सेनाले कब्जामा लिएको आरोपमा ६० वर्षीय मिजिनत्सेभमाथि बेलायतले प्रतिबन्ध लगाएको छ । सैन्य अभियान र युक्रेनी सेनाको हालैको सफलताले रूसी सेनामा महत्वपूर्ण बन्दोबस्तीका त्रुटिहरूको उजागर गरेको भनाइहरू आइरहेका समय यो जिम्मेवारी परिवर्तन भएको हो ।

केही विश्लेषकहरूले बन्दोबस्ती रूसी सेनाको कमजोर कडी भएको पनि विश्वास गर्छन् । यसका कारण आक्रमणको सुरुवातपछि कठिनाइहरू निम्त्याउँदछ । रूसमा बुधबार घोषणा गरिएको आंशिक परिचालन सशस्त्र बलका लागि बन्दोबस्ती एक सशक्त चुनौती हो ।

रूसभरिबाट आउने लाखौं जगेडा सैनिकहरूलाई युद्धभूमिमा तैनाथ गर्नु अघि बोलाउनु, सुसज्जित र प्रशिक्षित गर्नु आवश्यक छ । एएफपी

प्रतिक्रिया
सम्बन्धित