शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

७६ जिल्लामा फैलिएको डेंगुबाट २९ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या कति ?

दैनिक नेपाल २०७९ असोज ८ गते १६:१५

काठमाडौं, ८ असोज । नेपालमा साउनदेखि यता डेंगु रोग लागेका २९ जनाको मृत्यु भएको छ ।

यो हिजो शुक्रबारसम्मको तथ्याङ्क हो ।

यस्तै नेपालका ७६ वटा जिल्लामा फैलिएको यो रोग करिब २३ हजार अर्थात् २२ हजार ९८८ जनालाई लागिसकेको छ ।

डेंगुले भयावह रूप लिइसक्दा पनि सरकारले यसको रोकथाम तथा न्यूनीकरणका लाथि अझै तदारुकता देखाएको छैन ।

यसअघि बेवास्ता गर्दा गर्दै फैलिएको कोरोना सङ्क्रमणका कारण आज शनिबारसम्म १२ हवार १७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित