२९ आश्विन २०८३, बिहिबार

स्वर्ग पुगिएला त यो बाटो !

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । हिन्दूधर्मअनुसार ‘जीवनमा राम्रो काम गर्ने व्यक्ति मृत्युपश्चात् स्वर्गमा पुग्छ, नराम्रो काम गर्ने व्यक्तिका लागि मृत्युपछि स्वर्गको ढोका बन्द हुन्छ ।’ तर, धार्मिक मान्यताअनुसार ‘स्वर्ग जाने बाटो’ गुल्मी धुर्कोट गाउँपालिका–५ वस्तु हो ।

‘स्वर्ग जाने बाटो’मा प्राकृतिक रूपमा हात्तीको शरीर, पुच्छर र सुँड स्पष्ट देख्न सकिन्छ । सुँड करिब २३ जति प्राकृतिक रूपमा उत्पत्ति भएका शिवलिंग छन् । धार्मिक हिसाबमा शिवलिंगको महत्व छुट्टै छ । हात्तीको शरीर र शिवलिंग हुँदै पुगिने ठाउँलाई ‘स्वर्ग’ नामाकरण गरिएको छ । त्यसैले ‘स्वर्ग जाने’ बाटोबाट धर्मात्मा मात्र छिर्न सक्ने र पापी छिर्न नसक्ने धार्मिक मान्यता छ ।

स्वर्गमा पुगिसकेपछि सेतो रङको शिवलिंग, विभिन्न भगवान् र गोहीलगायत प्राकृतिक रूपमै उत्पत्ति भएको आकृति देख्न सकिन्छ । वस्तुे कमलावनमा १ सय ८५ मिटर लामो विचित्र गुफा छ । सोही गुफाभित्र रहेको ‘स्वर्ग जाने बाटो’ निकै आकर्षक र धार्मिक हिसाबले महत्वपूर्ण छ ।

‘स्वर्ग जाने बाटो’ पुगेपछि गुफाको गन्तव्य टुंगिन्छ । अर्थात्, त्यसदेखि अगाडि कुनै पनि दृश्य नभएकाले पनि त्यो स्थललाई ‘विचित्रताको अन्तिम दृश्य’का रूपमा लिने गरिएको जानकार एवं हिमालय माविका प्रध्यानाध्यापक कृष्णप्रसाद भण्डारी बताउ“छन् । आजको राजधानी दैनिकमा खबर छ ।