३ कार्तिक २०८३, मंगलबार

लाओसमा २५ हजारभन्दा बढी डेंगी सङ्क्रमित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भेन्टियान, ७ असोज । लाओसमा गत पुषदेखि देशभर डेंगी ज्वरोका कुल २५ हजार पाँच सय ४६ जना सङ्क्रमित भएका छन् । वितेका २४ घण्टामा डेंगी ज्वरोका एक सय ६२ थप व्यक्तिहरुको सङ्क्रमित भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस समयावधीमा १८ जनाको मृत्यु भएको लाओस स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्यको लागि सूचना र शिक्षा केन्द्रले शुक्रबार जनाएको छ ।

लाओसको राजधानी भेन्टियानमा १२ हजार ८ सय ९० जना डेंगीका बिरामी भेटिएका छन् । लुआङ नम्था प्रान्तमा तीन हजार छ सय १४ र अटापेउ प्रान्तमा एक हजार ४ सय ५४ जनामा डेंगीका बिरामी फेला परेका छन् । सिन्ह्वा