शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नेपालमा आज कति थपिए कोरोना सङ्क्रमित ?

दैनिक नेपाल २०७९ असोज ७ गते १७:३९

काठमाडौं, ७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर गरिएको ४ हजार ६९ जनाको नमूना परीक्षणबाट ७६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८३० जनाको आरटी–पीसीआर गर्दा ५३ जना र २ हजार २३९ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९९ हजार ५०६ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । पछिल्लो विवरण अनुसार नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार १६ जना छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ८६ हजार ११९ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल ७ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ३७१ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५९ लाख २९ हजार ११७ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले १ हजार ३७१ जना आइसोलेसनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित